• World Harmony Run

    World's Largest Torch Relay
    World Harmony Run

  • 1,000,000 Participants

    Across 6 Continents
    1,000,000 Participants

  • Dreaming of a more harmonious world

    100 countries
    Dreaming of Harmony

  • Schools And Kids

    Make a Wish for Peace
    Schools And Kids

  • Sri Chinmoy: World Harmony Run Founder

    World Harmony Run Founder
    Sri Chinmoy

  • Carl Lewis: World Harmony Run Spokesman

    World Harmony Run Spokesman
    Carl Lewis

  • New York, USA

    New York
    USA

  • London, Great Britain

    London
    Great Britain

  • Shakhovskaya, Russia

    Shakhovskaya
    Russia

  • Around Australia

    15,000 kms, 100 days
    Around Australia

  • Around Ireland

    14 Days, 1500km
    Around Ireland

  • Wanaka, New Zealand

    Wanaka
    New Zealand

  • Arjang, Norway

    Arjang
    Norway

  • Rekjavik, Iceland

    Rekjavik
    Iceland

  • Beijing, China

    Beijing
    China

  • Prague, Czech Republic

    Prague
    Czech Republic

  • Belgrade, Serbia

    Belgrade
    Serbia

  • Lake Biwa, Japan

    Lake Biwa
    Japan

  • Kapsait, Ethiopia

    Kapsait
    Kenya

  • Pangkor Island, Malaysia

    Pangkor Island
    Malaysia

  • Bali, Indonesia

    Bali
    Indonesia

  • The All Blacks, New Zealand

    The All Blacks
    New Zealand

Nepali - D. Hepburn message: 25th Anniversary WH Run

Nepali / नेपाली

  • Video message with Nepali /  नेपाली subtitles

 


  • अनौपचारिक भाषा प्रयोग गरिएको
    उपशिर्षक तथा ध्वन्यारोपणको लागि

    . (informal translation to be used for subtitles or dubbing)

चलचित्र सन्देशको लेख
डेविड्सन हेपबर्न बाट,
युनेस्को (UNESCO) साधारण सभा (२००९ -
२०११ का अध्यक्ष

विश्व समन्वय दौडको २५औं वार्षिकोत्सव:
२०२२ तथा सिंगो एकात्म-संसार तर्फ


सन्देश:
प्रिय मित्रहरु,
विश्व समन्वय दौड र यससँग सम्बन्धित शान्ति
स्थापनाका क्रियाकलापहरु २५औ वर्षमा प्रवेश गर्न
लागेकोमा म आफ्नो न्यानो अभिवादन टक्र्याउन चाहन्छु।

सम्पूर्ण विश्वब्यापी नागरिकहरुले अब आउँदो दशक -
२०२२ तथा त्यस पछाडि - को समयलाई एउटा ठूलो
प्रगति र उल्लेख्य परिवर्तनको समयको रुपमा बडो
उत्सुकताका साथ हेरिरहेका छन् जस्तो लाग्छ मलाई।

एउटा वास्तविक एकात्म-संसार को निर्माण गर्न हामी
सबैले सहकार्य गर्न अत्यावश्यक छ।

यो लक्ष्य प्राप्तिको लागि हालमा गरिएका
क्रियाकलापहरुमध्ये विश्व समन्वय दौड सबभन्दा
उल्लेखनिय तथा दुरगामी मध्ये एक हो।

यसको शुरुवात सन् १९८७ मा श्री चिन्मोयले गर्नु
भएको हो र सन् २००७ मा वहाँको निधनपश्चात पनि
यसको विस्तार निरन्तर छ। यसले युनेस्को (UNESCO)
तथा सम्पूर्ण संयुक्त राष्ट्र संघको मूल मान्यतालाई लिएर
अघि बढिरहेको छ।

म चाँहि विश्व समन्वय दौडले गरिसकेका वा गर्न प्रेरित
भएका केहि कार्यक्रममाथि प्रकाश पार्न चाहन्छु।

यी कार्यक्रमहरु अब आउँदो दशकमा अझ विस्तृत
तथा समृद्ध होस् भन्ने आशा गर्दछु।

1. विश्व सम्पदा क्षेत्रहरुको भ्रमण
हाल केहि वर्षमा यो दौडले धेरै युनेस्को (UNESCO)
विश्व सम्पदा क्षेत्रहरुको भ्रमण गरेको छ।

धावक र अरु सहभागीहरु सँग-सँगै तपाईले पनि
अरुहरुको सम्पदाको मर्यादा बुझ्न र प्रोत्साहन गर्नु भएर
निकै ठूलो सेवा प्रदान गर्नु भएको छ।

2. संगीत प्रस्तुति :
साधारण तथा प्रभावशाली, विश्व समन्वय दौडको
शिर्ष-गान धेरै ठाउँहरुमा निकै जागरुकताका साथ
प्रस्तुत गरिसकिएको छ।

बहुभाषिय संगीत प्रस्तुतिहरुले समन्वय व्यक्त गर्न र
अनुपम प्रतिभा साटासाट गर्न आनन्दमय वातावरण प्रदान
गर्छ।

3. कला र कविता सृजना वा प्रदर्शन
समन्वय शिर्षकका कला प्रदर्शन र दौड सँग सम्बन्धित
कविता कार्यक्रमहरुले मानिसहरुलाई एकजुट भएर
विश्वव्यापी आकांक्षाहरु व्यक्त गर्ने निकै राम्रो मौका प्रदान
गर्छ।

4. अनेकताको सम्मान:
अनेकताको सम्मानले हामिलाई सबल बनाउँछ।
जब हामी शान्ति-भावले आफ्नो विविध संस्कारहरुको
साटासाट र साझेदारी गर्छौं तब हामिलाई विभाजित गर्ने
कुराहरु भन्दा एकजुट गर्ने कुराहरु धेरै बढी छ भन्ने
कुराको ज्ञान हुन्छ।

5. धार्मिक सहिष्नुताको समर्थन:
सम्पूर्ण नागरिक समाजलाई धार्मिक सहिष्नुता महत्वपूर्ण
छ।

विभिन्न धार्मिक मान्यता र आस्थाका समाजहरु द्वारा
विश्व समन्वय दौडको स्वागत गरिएको छ।

समन्वय-चिराग एक-अर्कालाई हस्तान्तरण गर्नु भनेको

आफ्नो छिमेकिलाई गरिने प्रेम व्यक्त गर्ने साधारण,
शक्तिशाली र देखिने माध्यम हो।

यहि धार्मिक समन्वयता र मान्यताको सन्देश मन्दिर,
मश्जिद, गुम्वा, चर्च तथा अरु धार्मिक आस्थाको
केन्द्रहरुमा पुर्याउँदा निश्चित रुपले शान्तिको संस्कार र
विश्वव्यापी एकता-भावको विकाश हुन्छ।

6. आदर्श व्यक्तिहरुको सम्मान
"चिराग-वहनकर्ता पुरस्कार", जसले अन्तरराष्ट्रिय देखि
ग्रामिण तह सम्मका व्यक्तिगत प्रयासको सम्मान गर्छ,
त्यो एउटा गजबको विचार हो।

कृपया सम्पूर्ण उमेर वर्गका शान्तिका पथप्रदर्शकहरुको
पहिचान र सम्मान गरिदिनुहोला ताकि अरुहरुलाई पनि ती
महत्वपूर्ण कामहरुमा लाग्न र शान्ति निर्माणमा सहयोग
गर्न प्रेरणा मिलोस्।

7. नयाँ सम्भावनाहरुको खोजि
यो अन्तिम उदाहरण सबभन्दा महत्वपूर्ण छ।
व्यक्ति तथा समाजलाई शान्ति प्रति आस्था व्यक्त
गर्ने अवसर प्रदान गरेर तपाईले सम्पूर्ण विश्व-परिवारको
सामाजिक, सांस्कृतिक र आध्यात्मिक सम्बन्ध लाई
बलियो बनाउनु हुन्छ।

युवा तथा प्रौढ, सबैले आफूभित्रको सर्वोत्कृष्ट
गुणहरुलाई बाहिर निकाल्ने नयाँ सृजनशिल तरीका पता
लगाउन सक्छन्।
हामिले कल्पना गर्नसक्ने अझ नयाँ तरीकाहरु!

आफ्नो अनुपम योगदान प्रदान गर्ने प्रोत्साहन पाएमा,
यो विश्व-परिवारका सबै सदस्यले हाम्रो सपना साकार पार्न

सहयोग गर्नुहुनेछ।

8. अन्त्यमा, कहिल्यै हरेस नखानु!
हाम्रा यी हरेक प्रयत्नले हाम्रो साझा प्रतिबद्धतालाई
नवीकरण गर्छ, जुन हाम्रो यो कहिलेकाँहि दु:खित हुने
संसारको लागि अत्यावश्यक छ।

अब आउँदो दशकमा हाम्रो धैर्य, दृढ-संकल्प र उत्साहको
निरन्तर नवीकरण गर्न सख्त जरुरी हुनेछ।

अब आउने अवस्था जतिसुकै जटिल भएपनि, म
तपाईलाई यस दौडका संस्थापकका दुईवटा बहुप्रशंसित
सन्देशहरुलाई आत्मसाथ गर्न आग्रह गर्दछु।

पहिलो, "कहिल्यै हरेस नखानु!"
र जहिले पनि बढी गर्ने प्रयत्न गर्नु।

श्री चिन्मोय कै शब्दमा,
"एक मात्र मार्ग पूर्ण छ,
र त्यो मार्ग तपाईको अगाडि छ,
जहिले पनि तपाईको अगाडि छ।"

विश्व समन्वय दौडको शिर्ष-गान
दौड, दौड, दौड, दौड, दौड, दौड!
विश्व-समन्वय-दौड।
हामी हौं एकात्म र पूर्णता
भोलिको सूर्यको
- श्री चिन्मोय

२५औं वार्षिकोत्सवको ध्वजा
विश्व समन्वय दौड, र
श्री चिन्मोय एकात्म-गृह शान्ति दौड
सन् १९८७ देखि शान्ति र समन्वय उत्सव मनाउदै

श्री चिन्मोय द्वारा संस्थापित

अनुवाद मिति: २७ जनवरी, २०१२
श्रोत: कृष्ण कुशवाहा, श्वेता प्रधान


See original Youtube video 


Youtube video of Davidson Hepburn presenting his NEW message for 25th Anniversary of the World Harmony Run and a vision for the next decade 2012 to 2022 and beyond: http://youtu.be/GGsXXWWFdGY

with Nepali / नेपाली  subtitles: http://youtu.be/6J6CaSJvB54

or Click on language button for informal translations and link to separate YouTube videos with language subtitles:

 

 

 

 

 



Download Nepali / नेपाली text with English

 



Nepali / नेपाली text with English - JPG images: